शैक्षिक सुधारमा प्रतिबद्ध छौ नगर प्रमुख भण्डारी

२२ असोज २०८०/ सल्यान

शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले शारदा नगरपालिकाले शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न कामहरू गरिरहेको बताउनु भएको छ।

सोमबार वडा नं.७ को आयोजनामा कालिका माध्यामिक बिधालयमा भएको वडा स्तरीय अन्तर विधालय हाजिरी जवाफ,लोकगित तथा दशै तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले शिक्षामा आमूल परिवर्तन गर्न शिक्षक बिद्यार्थी,अभिभावक र सरकार हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका भण्डारीले शिक्षा आफ्न सन्ततिहरुको अमुल्य सम्पत्ति भएकाले बालबालिकालाई राम्रो शिक्षा दिन आअफ्नो क्षेत्रबाट सवै लाग्नु पर्ने बताउनु भयो ।उहाँले शारदा नगरपालिकाले कम बजेटका बाबजुद पनि शिक्षा क्षेत्रमा सकारात्मक कार्य गर्दै आएको बताउनु भयो ।

 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शारदा नगरपालिकाका शिक्षा शाखा प्रमुख लिलाधर बवालले गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएकोले उर्जाशिल ढंगले अगाडि बड्न सवैलाई अनुरोध गर्नु भएको थियो ।कार्यक्रमका विशिस्ट अतिथि समेत रहेका वबालले व्यक्तितब बिकासका साथै राष्ट्र निर्माणका लागि दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले त्यस तर्फ लागि पर्न सवैलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा कालिका माध्यमिक बिधालय कजेरीका बिधालय व्यवस्थापन समिति अध्यक्ष पर्शुराम गौतम,प्रधानाध्यापक भिम खड्का,शारदा प्राथमिक बिधालय कुरलकी प्रधानाध्यापक सुन्दरा कुमारी बस्नेत,सरस्वती प्राथमिक बिधालय गैरागाउका प्रधानाध्यापक मोतिलाल कुमाई,जनविकास आधारभुत बिधालय ओख्रेनीका प्रधानाध्यापक खुमबहादुर रोका लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

कार्यक्रममा विभिन्न प्रतियोगितात्मक प्रस्तुतिहरु राखिएको थियो भने विभिन्न स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई प्रमाणपत्र,पुरस्कार बितरण गरिएको थियो ।शारदा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष लिला बहादुर रोकाको अध्यक्षता,वडा कार्यालयकी पशु प्राविधिक भुमिका खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन वडा सचीव नरेन्द्र खड्काले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस