सामुदायिक बनले गर्‍यो दशै तिहार शुभकामना कार्यक्रमका साथ फिल्टर बितरण

२१ असोज सल्यान
सल्यानको एक सामुदायिक बनले,उपभोक्ताहरुलाई फिल्टर बितरण गरेको छ । जिल्लाको बागचौर नगरपालिका वडानं.१० भाटभिटेमा रहेको श्री शुभपोखरी सामुदायिक बन उपभोक्ता समुहले दशै तिहारको उपलक्ष्यमा १ सय ३२ थान फिल्टर उपभोक्ता समुहका सदस्यहरु लगाएत सामुदायिक बिधालयहरुलाई बितरण गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले बन जिवनको अमुल्य धन भएकाले,बनको संरक्षण गर्नु सवैको दायित्व भएको बताउनु भएको छ ।उहाँले वन उपभोक्ता समितिका पदाधिकारी तथा उपभोक्ताहरुमा वन संरक्षण कार्यमा सक्रिय रूपमा सहभागी भई वन बाट प्रत्यक्ष लाभ लिनु हुन समेत आग्रह गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गौतमले स्वच्छ खानेपानीका लागि फिल्टर प्रभावकारी हुने बताउदै मूलबाट ल्याइएको पानी त्यत्तिकै पिउनु भन्दा फिल्टर गरेर पिउँदा बढी लाभदायी हुने र स्वस्थ रहन सहयोग पुग्ने बताउँदै फिल्टरकाे सही तरिकाले प्रयाेग गरेर पानी पिउन सबैमा अनुराेध गर्नुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथि बागचौर नगरपालिकाकी उपप्रमुख सुम्निमा डिसी( वली) निवर्तमान नगर प्रमुख लाेकमान बुढाथोकीले सामुदायिक बनको आयस्रोत बाट पनि समाज परिवर्तनको लागि सकारात्मक काम गर्न सकिने बताउनु भयो ।
उहाँले बागचौर नगरपालिका वडा नं.१० लगाएत अन्य वडाहरुका बनले पनि यस्तै काम गर्दै जादा समाजमा सकारात्मक प्रभाव पर्ने र बन संरक्षणमा सवैको चासो बढ्ने बताउनु भएको हो ।
दशै तिहार शुभकामना आदानप्रदान तथा फिल्टर वितरण कार्यक्रममा बागचौर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष ज्ञान प्रसाद शर्मा धिताल, वडा नं. १ का वडा अध्यक्ष गंगाराम बस्नेत, ईलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरीक्षक नवीन थापा मगर, बागचौर नगरपालिका कार्यपालिका सदस्य, वडा सदस्य, इलाका वन कार्यालय थारमारेका जनक पुन, देव कुमार वली, सामुदायिक वन महासंघ बागचाैरका अध्यक्ष डम्बर बहादुर भण्डारी, विभिन्न राजनीतिक दलका नेता, शिक्षक, बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायतकाे उपस्थिति रहेको थियाे ।
श्री शुभपोखरी सामुदायिक वन उपभोक्ता समुह बागचौर नगरपालिका वडा नं.१० भाटभिटेका अध्यक्ष गणेश बहादुर बुढाथोकीकाे अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बालाराम कवरकाे स्वागत मनतव्य रहेको थियो भने कार्यक्रमको संचालन वन उपभाेक्ता समूहका सदस्य शेर बहादुर बुढाथोकीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस