२० असोज २०८० / सल्यान
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको कपुरकोट गाउँपालिका वडा नं.३ मुलपानी नजिकै शनिबार यात्रुबहाक बस दुर्घटना हुँदा दुईजना महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस मुलपानी बनस्पति कार्यालय नजिकै दुर्घटना पर्दा सल्यान त्रिवेणी गाउँपालिका वडा नं.६ की बर्ष ४४ की अनिता बोहरा र तुलसीपुर उपमहानगरपालिका वडा नं.६ की बर्ष ३२ की सुनिता सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा परि छत्रेश्वरी गाउँपालिका ४ बस्ने वर्ष ३५ का कमान सिंह,त्रिबेणी गाउँपालिका ६ बस्ने वर्ष २७ कि माया राना, शारदा नगरपालिका वडा नं.१० बस्ने वर्ष २६ का गाडी चालक मेघराज कुँवर,त्रिबेणी गाउँपालिका ६ बस्ने वर्ष ६० को प्रेम बहादुर बुढा,सोही ठाउँ बस्ने वर्ष ४५ की पुष्पा बुढा र ठेगाना नखुलेको वर्ष अ. ३५ को बिनोद श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।
१६ जना यात्रु रहेको उक्त गाडी सडक देखि अन्दाजी ७० मिटर तल खसेको र घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।