१८ असोज २०८०/ सल्यान
राष्ट्रिय संगीतकर्मी संघ सल्यानको अध्यक्षमा चुडामणि पुन निर्वाचित हुनु भएको छ ।

बुधबार सल्यानको कपुरकोटमा सम्पन्न भएको दोस्रो जिल्ला अधिवशेन बाट पुनको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।
जसको बरिस्ठ उपाध्यक्षमा हुकुम साही, प्रथम उपाध्यक्ष .तारा गिरि , उपाध्यक्ष कुल सिंह बि क,टिकाराम भण्डारी (दिपसागर) महिला उपाध्यक्ष ओमसरा घर्ती, सचिव.पुनम, घर्ती,सह सचिव .खिमा बोहरा,कोषाध्यक्ष.कमल बुढामगर र सह कोषाध्यक्ष.कल्पना डाँगी रहनु भएको छ ।
यस्तै सदस्यहरुमा श्रीजना गिरी आशिष डिसी, शंकर बुढा,पबित्र रावत,सिम्रन आरसी,एमुना पुन, कुमार बुढा,प्रकाश बि क, राजु पुन र प्रेम चलाउने रहनु भएको छ । ४ पछि मनोनित गर्ने गरी २५ सदस्सीय कार्यसमिति चयन गरिएको नवनिर्वाचित अध्यक्ष पुनले जानकारी दिनु भयो ।
अधिवेशनले सात सदस्सीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा भद्रसिङ बुढा, प्रकाश भण्डारी,सचेत साह,बामदेब अधिकारी ,शंकर के सी, शेर ब. पुन र खडक शाही रहनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गावहादुर पुन,बिशिस्ट अतिथि राष्ट्रिय संगितकर्मी संघ केन्द्रिय कार्यवाहक अध्यक्ष प्रकाश कटुवाल,कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
राष्ट्रिय संगीतकर्मी संघ सल्यानका पुर्व अध्यक्ष कुलबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी,संगीतकर्मी संघ दाङका जिल्ला अध्यक्ष दिपक वली,केन्द्रिय सदस्य सुमि श्रेष्ठ,सरोज सिंहखडा, रविन्द्र रिमाल,काभ्रेपलान्चोक उपाध्यक्ष अस्मिता खनाल,गायिका बिष्णु सुनार,सुशीला थापा, इश्वर विसी, दामोदर केसी लगाएत को सहभागिता रहेको थियो ।