१६ असोज २०८०
बझाङमा भुकम्पका कारणले १३ जना घाइते भएका छन् ।
भुकम्पका कारणले जिल्लाका दर्जन बढी भौतिक संरचना भत्किएका छन् भने १३ जना व्यक्ति घाइते भएका हुन् ।
बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा गएको ५.३ रेक्टर स्केलको भूकम्पले उक्त क्षति गरेको बझाङ जिल्ला प्रहरी प्रमुख भरतबहादुर शाहले जानकारी दिनु भएको छ।शाहका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको बताउनु भयो ।