नेकपा माओवादी केन्द्र कुमाखको पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न

१५ असोज २०८०/ सल्यान

नेकपा माओवादीका केन्द्रीय सदस्य नरेश भण्डारीले सुशासन युगको सुरुवात भएको भन्दै त्यसको नेतृत्व माओवादीले गरिरहेको बताउनु भएको छ ।

पार्टीको तीन महिने रुपान्तरण अभियान बाट जनयुद्ध जस्तै सुशासनको नेतृत्व गर्नका लागि पनि माओवादी अध्यक्ष प्रचण्ड अघि बढेको बताउनु भएको हो ।

सल्यानको कुमाखमा भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सल्यान जिल्ला इन्चार्ज भण्डारीले पार्टीले पार्टी भित्रका नवधनाढ्य छन भने तिनको पनि छानविन गर्नु पर्ने भन्दै, गर या मर को अवस्थामा अभियान चलेकोले हरेक जनताको घरघरमा पुगेर सुशासनको पक्षमा माहोल तयार गर्नुपर्ने बताउनु भएको छ ।

 

पुर्व मन्त्री समेत रहनु भएका भण्डारीले समयानुकूल परिवर्तन हुन नसक्ने नेताहरू लाई पार्टीको जिम्मेवार पदबाट बिदाई गरेर त्यो ठाउमा परिवर्तनशिल नेताहरुलाई जिम्मेवारी दिनु पर्ने बताउनु भएको छ ।जनयुद्धको उत्सव राष्ट्रिय रूपमा मनाईरहेको बेला जनयुद्ध र माओवादीलाई सहयोग गर्ने काग्रेश, एमालेको घरमा गएर कुनैपनि आग्रह, पुर्वाग्रह नराखि भेटघाट गर्दै धन्यवाद दिने र सरकारका राम्रो कामको प्रचार गर्न समेत नेता कार्यकर्ता लाई निर्देशन दिनु भएको छ ।

पार्टी प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक कृति बहादुर पुनले अब माओवादीले समाजवादी राज्यव्यवस्थाका लागि लड्नुपर्ने बताउनु भएको छ ।उहाँले सिंगो देश रुपान्तरण गर्न माओवादी प्रत्येक व्यक्ति व्यक्ति बाट रुपान्तरण हुन आवश्यक रहेको बताउनु भयो ।

यस्तै कार्यक्रममा गाउँपालिकाको तर्फबाट अध्यक्ष डिल्लीराज जैशी, वडा नं १ बाट डिल्ली राना, वडा नं २ बाट पहलमान रेग्मी वडा नं. ३ बाट डण्डविर राना, वडा नं ४ बाट फनिन्द्र आचार्य, वडा नं ५ बाट अमृत कुमाई, वडा नं ६ बाट शम्भु प्रसाद शर्मा र वडा नं ७ मोहन डिसीले रुपान्तरण अभियानको रिपोर्टिङ राख्नु भएको थियो ।
कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य लक्ष्मी पुन, दिलमाया बुढा,प्रदेश कमिटी सदस्य,जिल्ला कमिटी सदस्य लगाएतको उपस्थिति रहेको थियो भने कुमाख गाउँपालिका भित्रका सहिद परिवारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस