नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह बिजयी

१५ असोज २०८०/ सल्यान

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह निर्वाचित हुनुभएको छ ।

नेकपा एमाले कर्णाली प्रदेश प्रथम अधिवेशन बाट शाह ३ सय ६९ मतका साथ बिजयी बन्नु भएको हो ।जम्मा ६ सय ४ मतमा शाह ३ सय ६९ मतका साथ बिजयी बन्नु भएको हो ।उहाँका प्रतिद्वन्द्वी मीन बहादुर शाही २सय ७ र प्रकाश रोकायले ४ मत प्राप्त गरि पराजित हुनु भएको थियो ।

यस्तै उपाध्यक्षमा टेकराज पछाई,सचीवमा धुर्व बहादुर शाही,उपसचिवमा रमेश बहादुर शाही र रविन्द्र राज शर्मा बिजयी बन्नु भएको छ ।उक्त निर्वाचनमा ६ सय ४ मत खसेको र २४ मत बदर भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस