१५ असोज २०८०/ सल्यान
सल्यानमा बाघको आक्रमण बाट चार जना व्यक्ति घाइते भएका छन् ।
सोमबार विहान बाघले आक्रमण गर्दा जिल्लाको छत्रेश्वरी गाउँपालिका वडानं. ३ का ४ जना व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
छत्रेश्वरी गाउँपालिका वडानं.३ दोलीका ५२ बर्षिया पुर्णराज बिकले संचालन गरेको कुखुरा फार्म भित्र लुकेर बसेको बाघको आक्रमणमा परि सोही ठाउँका ४० बर्षिया राजबहादुर केसी,४० बर्षिया टेकबहादुर थापा,१६ बर्षिया छविलाल केसी र २७ बर्षिया भिमसेन थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भएको छ।उहाँका अनुसार बाघले कुखुरा फर्ममा पसेर तीन वटा कुखुरा मारेको र त्यही हेर्ने क्रममा लुकेर बसेको बाघले राजबहादुर केसी लाई आक्रमण गरेको र अन्य तिनजना व्यक्तिलाई सोही क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको हो ।
घाइतेहरुलाई थप उपचारका लागि सल्यान अस्पतालमा पुर्याइएको छ भने,बाघको व्यवस्थापनको लागि इलाका बन कार्यालय लुहामको टोली घटना स्थलमा पुगिसकेको र बाके राष्ट्रिय निकुञ्जको टोली त्यस स्थान तर्फ आउदै गरेको प्रहरीको भनाई छ ।