सल्यानमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा ३ जना घाइते

१० असोज २०८०/सल्यान

सल्यानमा सडक दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।

बुधबार जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं.६ लान्तीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक सहित तिन जना घाइते भएका हुन।

लुहाम बाट श्रीनगर तर्फ जादै गरेको रा १ त ४७५७ नम्बरको ट्याक्टर र बिपरित दिशा बाट आएको रा २ प १२७३ को मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक शारदा नगरपालिका वडानं.१३ स्यानिखालका ३२ बर्षिया गणेश बिक घाइते भएका छन् ।यस्तै सोही घटनामा परेर मोटरसाइकलमा सवार ५० बर्षिया होम बहादुर भण्डारी र सोही ठाउँकी ७० बर्षिया पैदल यात्री पार्वती शर्मा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइते मध्य मोटरसाइकल चालक गणेश बिकलाई नेपालगन्ज रिफर गरिएको र अन्य दुइजनाको उपचार परोपकार हस्पिटल प्रालि श्रीनगरमा भैरहेको संचालक घनश्याम अधिकारीले बताउनु भएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस