शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि स्वास्थ्य शिविर सम्पन्न

१० असोज २०८०/ सल्यान

सुर्खेतको बिरेन्द्रनगरमा शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।

विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र द्वारा संचालित कर्णाली प्रदेश पुनर्स्थापन केन्द्र सुर्खेतको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।

मंगलवार भएको शिविरमा शारीरिक अपाङ्गता भयका ३९ जना बालबालिकाको स्वास्थ परिक्षण गरिएको विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापनाका कर्णाली प्रदेश इन्चार्ज होमराज केसीले बताउनु भएको छ ।

शिविरमा ४ जनाको पोनसीटी पलाष्टर १९जनाकाे सहायक सामग्री नापजाँच ५ जनालाई सहायक सामाग्री बितरण ३२ जना लाई फिजियाे थेरापि १ जना लाई अप्रेसन काे लागि बनेपा भर्ना मिति तय र २ जनालाई डाक्टर कन्सलटेशन सेवा प्रधान गरिएको इन्चार्ज केसीले बताउनु भयो ।

जिल्ला समन्वय प्रमुख गंगाराम सुनार,बिरेन्द्र नगरपालिका वडा नं.१का वडा अध्यक्ष दिनेश खत्री लगाएतले उक्त शिविरको अनुगमन समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस