शारदा नगरपालिकाले गर्‍यो बिधालयलाई स्मार्ट टिभी बितरण

०९ असोज २०८०/ सल्यान

सल्यानको शारदा नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई
स्मार्ट टि.भि. वितरण गरेको छ ।

डिजिटल प्रविधिबाट पढाई गराएर सामुदायिक विद्यालयको शिक्षालाई आधुनिक र प्रविधि युक्त बनाउने उदेश्यले नगरपालिका भित्रका १६ वटा सामुदायिक विद्यालयहरुलाई नगरले स्मार्ट टि.भि. वितरण गरेको हो ।
नगरलाई डिजिटल मैत्री बनाउन लागि परेको शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले बताउनु भएको छ ।शैक्षिक सामग्री वितरण गर्दै नगरप्रमुख भण्डारीले डिजिटल माध्यमबाट अध्यापन गराउँदा विद्यार्थीमा सिकाइ उपलब्धि बढेर जाने र विद्यार्थीसमेत प्रविधिमत्री हुने बताउनु भयो ।

बालबालिकाहरूलाई आधुनिक प्रविधिवाट पठनपाठन गरे पछिल्ला दिनहरूमा विद्यार्थीहरूको पढाइमा सुधार हुने र विद्यालयको भौतिक संरचना निर्माणमा पनि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले पनि विद्यार्थीको पढाइलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

नव प्रवर्तन साझेदारी कोष पठन सिपमा सुधार कार्यक्रम अन्तर्गत प्रविधिमैत्री शिक्षण सिकाई लाई जोड दिदै बालबालिकालाई श्रब्य दृष्य सामाग्रीहरु मार्फत पठन पाठन गराउने उद्धेश्यले नगरपालिकाले स्मार्ट टिभि वितरण गरेको हो ।
गत वर्ष पनि शारदा नगरपालिकाले नगरका विभिन्न १४ वटा विद्यालयमा ल्यापटप वितरण गरेको थियो ।

उक्त कार्यक्रममा नगर प्रमुख प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सानुबाबु अधिकारी, शिक्षा शाखा प्रमुख संगिता बुढा, विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थितीमा नगरका विभिन्न १६ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टिभि वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस