सल्यानकी रेवती थापाको हत्या आफ्नै पुर्व प्रेमी द्वारा भएको पुष्टि

०४ असोज २०८०/सल्यान

सल्यानमा जलेको अवस्थामा मृत फेला परेका आमा छोरीको हत्यागर्ने एक जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

गत भदौ ३० गते त्रिवेणी गाउँपालिका २ झालेढुंगा थापाटोलकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु थापाको हत्या गर्ने जिल्लाको शिद्वकुमाख गाउँपालिका वडा नं.२ खानिगाउका २८ बर्षिया कर्ण बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । घटना भएको पाँच दिन पछि हत्याको आरोपित बस्नेतलाई शिद्व कुमाख गाउँपालिका वडा नं.३ ढोरचौर बजारबाट बुधबार साझ प्रहरीले पक्राउ गरेको ।

 

घटनाको पुष्टि भए संगै प्रहरीले बिहिवार पत्रकार सम्मेलन गरि घटनाका अभियुक्त बस्नेतलाई सार्वजनिक गरेको छ । बस्नेतले
रेवतीलाई सलले घाँटी बेरेर अर्ध वेहोस भएपछि शरीरमा पेट्रोल छर्किएर प्रमाण लुकाउन कोठामा आगो लागेर मृत्यु भएको देखाउन आगजनी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले बताउनु भयो ।
हत्या आरोपित बस्नेत र मृतक थापा बिच विगत सात वर्ष अघि सामाजिक सञ्जालमा चिनजान भएको अनुसन्धानबाट खुल्न आएको कार्कीको भनाई छ । सामाजिक सञ्जालमा कुराकानी गर्दै गर्दा माया प्रेम बसेको र विवाह गर्ने निर्णयसम्म पुगेको अनुसन्धानबाट खुलेको उहाँले बताउनु भयो । तर रेवतीले चार वर्ष अघि गाउँकै अर्को पुरुषसँग विवाह गरे पछि आफूलाई धोका दिएको भन्दै बदलाको भावना सृजना भएको पाइएको छ । प्रेममा धोका दिएको र विगतमा सहमतिमा खिचिएका शारिरीक सम्बन्धका फोटो तथा भिडियोका विषयमा उनीहरु बिच सामाजिक सञ्जालमै झगडा हुने गरेको समेत पाइएको छ ।

रेवतीको विवाह भएको दुई वर्ष पछि पुनः सामाजिक सञ्जाल मार्फत कुराकानी हुन थालेको र हत्याका अभियुक्त बस्नेतले रेवतीको श्रीमानलाई विगतमा लिएका अश्लिल फोटो र भिडियो पठाए पछि रेवतीको घरमा समेत झगडा परेको बुझिएको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारीका शिलशिलामा दुवई बस्दै आएका कर्ण बहादुरले विदेश हुँदा नै रेवतीको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । सात महिना अघि आफूले काम गर्दै आइरहेको कम्पनीमा विदाका लागि अनुरोध गरेपनि कम्पनीले विदा नदिएपछि उनी भदौ २५ गतेमात्र दुवईबाट आएका थिए । दुवईबाट आएको एक सातामा नै रेवती एक्लै भएको मौका पारी राती करिब १० बजेतिर आगो लगाएर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस