४ असोज २०८०/ सल्यान
जिल्ला प्रहरी कार्यालय सल्यानले त्रिवेणी गाउँपालिकाको घटना बारे पत्रकार सम्मेलन गर्ने भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं.२ धामिढुङ्गामा गत भदौ ३० गते एकै घरका आमा छोरीको ग्यास चुल्होबाट जलेर मृत्यु भएको भन्ने बिषयमा,प्रहरीको अनुसन्धान पश्चात् हत्या भएको पुष्टि भएपछि हत्याको आरोपमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्नको लागि प्रहरीले पत्रकार सम्मेलन गर्ने भएको हो ।
बिहिवार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय सल्यानमा हुने पत्रकार सम्मेलनमा त्रिवेणी गाउँपालिका २ की ३२ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु थापाको हत्याको आरोपमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय सल्याले जनाएको छ ।३२ बर्षिय आमा र ९ महिने छोरीको आफ्नै घरको कोठामा शरीर आधा जलेको अवस्थामा फेला परेको र प्रहरीको अनुसन्धानको क्रममा उनीहरूको हत्या भएको पुष्टि भएको हो। उनीहरूको हत्या गरी आरोपीले प्रमाण लुकाउन कोठामा आगो लागेर मृत्यु भएको देखाउन आगजनी गरेको खुलेको प्रहरीले बताएको छ ।
हत्यामा संलग्न एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरि सकेको र पक्राउ परेका व्यक्तिले घटना आफुले घटाएको स्वीकार गरिसकेको प्रहरीको भनाइ छ ।