२ असोज २०८०/ सल्यान
देशका तीन उत्कृष्ट बिधालय मध्य सल्यानको नारायण माध्यमिक बिधालय पुरस्कृत भएको छ ।
जिल्लाको कुमाख गाउँपालिका वडानं.२ रुमाल गाउँमा रहेको नारायण माध्यमिक बिधालय देशभरका सामुदायिक बिधालय मध्य उत्कृष्ट तीन भित्र पर्न सफल भएको छ ।
उक्त बिधालय शिक्षा दिवस २०८० को सन्दर्भ सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईइ) मा प्राप्त गरेको नतिजाको आधारमा उत्कृष्ट तीन भित्र पर्न सफल भएको हो ।
सामुदायिक विद्यालय तर्फ देशकै तेस्रो स्थानमा आएको नारायण माध्यमिक बिधालयले एक लाख रुपैयाँबाट पुरस्कृत भएको छ । देशभरका सामुदायिक विद्यालयलाई पछि पार्दै तेस्रो स्थान आउन पाउँदा निकै खुसी लागेको प्रधानाध्यापक देवेन्द्र रावतले जानकारी दिनु भयो । विद्यालय प्रशासनको एक प्रयासबाट मात्र भन्दा पनि विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक समन्वय र सहकार्यबाट पनि सफलता हात पार्न सफल भएको उहाँको भनाई छ ।सामुदायिक विद्यालय तर्फ देशकै उत्कृष्ट विद्यालय भने सिन्धुलीको दुधौली ११ मैनीमा रहेको कमला माध्यमिक विद्यालय उत्कृष्ट भएको छ भने सिन्धुलीकै कमलामाई ४ ढुंग्रेवासमा रहेका कमला माध्यमिक विद्यालय दोस्रो भएको छ ।