-३१ भदौ सल्यान
सल्यानको शारदा नगरपालिका वडा नम्बर १० मधानामा सिद्ध पार्कको समुदघाटन गरिएको छ । शनिबार शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले नेपालको राष्ट्रिय ध्वजारोहण गर्दै पार्कको उदघाटन गर्नु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नगर प्रमुख भण्डारीले पार्कमा थप संरचना निर्माणका लागि शारदा नगरपालिकाले बजेट विनियोजन गरिसकेको र त्यसलाई शिघ्र नै कार्यान्वयनमा ल्याउने गरि काम थालिएको बताउनुभयो । आन्तरिक पर्यटन प्रबद्र्धन गर्दै स्थानीयको जिवनस्थर सुधारका लागि जिल्लाकै नमूना पार्कको रुपमा विकास गरिने उहाँले बताउनु भयो ।
पार्क ब्यबस्थापन समिति अध्यक्ष धर्मराज थापाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नगर प्रमुख भण्डारीका साथै प्रमुख प्रशासकीय अधिकृत सानुबाबु अधिकारी, वडा नम्बर १० का वडा अध्यक्ष कृष्ण बोहरा, वडा नम्बर ८ का वडा अध्यक्ष लक्ष्मण बुढाथोकी, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमाल, योजना अधिकृत केशब बुढाथोकी, प्राबिधिक शाखा प्रमुख खगेन्द्र मल्ल, नगर तथा वडाका कर्मचारी दलित बिकास समाज सल्यानका अध्यक्ष हेमराज बिक लगायत स्थानीय वासिन्दाहरुको उपस्तिथि रहेको थियो ।
पार्क उदघाटनकै अबसरमा तिज बिशेष कार्यक्रमको समेत आयोजना गरिएको थियो । पार्क उद्घाटन संगै सर्बसाधारणका लागि खुल्ला गरिएको छ । पार्कमा मनोरम प्राकृतिक दृष्याबलोकन गर्न सकिन्छ । पार्कमा नगरपालिकाले विभिन्न संरचना निर्माण गरिसकेको जनाएको छ।
पार्क सदरमुकाम खलंगाबाट करिब ११ किलोमिटरको दुरीमा अवस्थित रहेको छ ।