२८ भदौ २०८०/ सल्यान
नेकपा माओवादी केन्द्र सल्यानले समिक्षा वैठक सम्पन्न गरेको छ ।
जनता संग माओवादी विशेष रुपान्तरण अभियानको जिल्ला स्तरीय पहिलो समिक्षा बैठक माओवादी केन्द्र सल्यानले सम्पन्न गरेको हो ।
बिहिवार सल्यानको श्रीनगरमा भएको समिक्षा वैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेश भण्डारीले जनतामा नयाँ उत्साह पैदा भएको बताउनु भएको छ ।पुर्व मन्त्री तथा पार्टीका जिल्ला इन्चार्ज समेत रहेका नरेश भण्डारीले तीन महिने अभियानले माओवादी केन्द्रलाई एक ढिक्का गराउने बिश्वास व्यक्त गर्नु भयो ।उहाँले जनताका हकहित र देशको व्यबस्था संगै अवस्था बदल्नको लागि दस बर्षे जनयुद्ध लडेको माओवादी पार्टीलाई कम्जोर बनाउन कसैलाई छुट नरहेको बताउँनु भयो ।भण्डारीले सल्यानमा पार्टी भित्र रहेका आन्तरिक समस्या लाई शून्य गराउन लागि पर्ने बताउनु भयो ।
समिक्षा बैठकमा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य भिम प्रकाश शर्माले पार्टी अब नेतामुखी भन्दा जनतामुखी हुनु पर्नेमा जोड दिनु भएको छ ।भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहेका शर्माले सरकार र पार्टीका कुरा जोड्न सकिएन भने पार्टी कार्यकर्ताहरुमा निराशा छाउने र दृर्घकालिन असर पुग्ने भएकाले सरकारमा रहेका ब्यक्तिहरु त्यस तर्फ सजक रहनु पर्ने बताउनु भयो ।उहाँले पार्टीले संचालन गरेको रूपान्तरण अभियानका बेला सरकारका कामहरूलाई जनतामा प्रचार प्रसार गर्नुपर्ने त्यसले पार्टी अभियानलाई सहयोग गर्ने समेत धारणा राख्नु भयो ।
समिक्षा वैठकमा संविधान सभा सदस्य समेत रहेका उमकान्त शर्मा लगाएत १० वटै पालिकाका इन्चार्जहरुले आफ्नो जिम्मेवार क्षेत्रको अवस्था बारे जानकारी गराउदै जनता पार्टी प्रती असन्तुष्ट भएपनि बिचलित नभएको बताउनु भयो ।उहाँहरुले बरु नेतृत्व तहका नेताका ब्यवहारले पार्टी प्रतिको इच्छा शक्तिमा कमी ल्याएको साचो भएको बताउँनु भयो ।
नेकपा माओवादी केन्द्र सल्यानका जिल्ला संयोजक कृतिबहादुर पुन ( प्रकाण्ड) को अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिला सचीव निमबहादुर केसी ( अरुण ) ले गर्नु भएको थियो ।