सल्यानमा नेपाली सेनाको दिक्षान्त समारोह सम्पन्न

२५ भाद्र २०८०/ सल्यान

श्री सिद्विबक्स गण,सिमखर्क व्यारेक सल्यानमा सैन्य आधार तालिम को दिक्षान्त समारोह सम्पन्न भएको छ ।

गत मङसीर १ गते बाट संचालन भएको सैन्य आधार तालीममा
सहभागि ६६ जना नेपाली सेनाका सिपाहीहरु दिक्षित भएका हुन ।

सोमबार सिमखर्कमा भएको दीक्षान्त समारोमा बोल्दै श्री सिद्विबक्स गण,सिमखर्क सल्यानका गणपति कृष्ण चन्द्र ठकुल्लाले राष्ट्र तथा संस्था प्रती बफादार इमानदार र अनुशासित भई नेपाली सेनाको मुल्यमान्यता लाई पालना गर्दै जस्तो सुकै परिस्थितिमा पनि बिचलित नभई आफ्नो कर्तव्य पूरा गर्न नव नियुक्त सेनाका सिपाहीहरुलाई निर्देशन दिनु भएको छ ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका ठकुल्लाले रास्ट्रको मेरुदण्ड सेना भएको र सेनाको मेरुदण्ड तालीम प्राप्त सिपाही भएकाले नेपाली सेनाको छवि उच्च राख्न सधै लागि पर्न सिपाहीहरुलाई आग्रहका साथ बधाई ज्ञापन गर्नु भएको थियो ।उहाँले आफ्ना सन्ततीलाई हौसला दिई मातृभूमीको सेवामा समर्पित गराउनुभएकोमा परिवारजनप्रति हार्दिक आभार समेत व्यक्त गर्नु भएको थियो ।

९ महिने तालीम पश्चात् ६६ जना सैन्यहरुले सिपाही दर्जामा प्रवेश गरेका र दिक्षान्त समारोह पश्चात उनीहरु नेपाली सेनामा रहेको विभिन्न युनिट फर्मेशनको रिक्त रहेको दरबन्दीमा नियुक्ति भएका सिद्विबक्स गण सिमखर्कले जनाएको छ ।देशका विभिन्न जिल्लामा घर भएका शिक्षार्थीहरुलाई नेपाली सेनाको सिपाही दर्जामा नियुक्ति हुनको लागि आयोजना गरेको दिक्षान्त समारोहमा सिपाहीका आफन्तहरुको बाक्लो रुपमा सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल, जिल्ला न्यायधिस गिरीराज गौतम, जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवम् पत्रकारको सहभागिता रहेको थियो । सो अवसरमा विभिन्न बिधामा प्रथम हुने सैन्य सिपाहीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने तालिम अवधिभर सर्वोत्कृष्ट हुने सैन्य (शिक्षार्थी) लाई खुकुरी होल्डर घोषित गरी पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस