वडा कार्यालयको आयोजनामा साँस्कृतिक कार्यक्रम सम्पन्न

२० भदौ २०८०/ सल्यान

शारदा नगरपालिका वडा नम्बर १२ को आयोजनामा कला संस्कृति संरक्षण तथा बृहत साँस्कृतिक कार्यक्रम एवं कृष्ण मन्दिर उद्घाटन कार्यक्रम गरिएको छ ।


वडाअध्यक्ष सुरेन्द्र बुढाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि उप प्रमुख सुस्मिता सापकोटा सुनार रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो, त्यस्तै अतिथिहरुमा वडा नम्बर १,२,३,४,८,१०,१३,१५ वडाअध्यक्षहरु प्रदिप पाण्डे, सविन हमाल, तुल्सा भण्डारी, किशोर कुमार हमाल, लक्ष्मण बुढाथोकी, कृष्ण बोहरा, जंग बहादुर बुढा र लोकमान बुढाथोकी सहभागी हुनु भएको थियो । त्यस्तै कार्यपालिका सदस्य भगवती बोहरा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक गोपाल श्रेष्ठ, विभिन्न राजनिक दलका प्रतिनिधि, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकार लगायत विभिन्न ठाँउबाट आएका दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकार कृष्ण रेउले, शक्ति चन्द लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
स्थानीय लाखे नाँच, ढोटा मारुनी, सोरठी, र आमा समुहको नृत्यका साथै आज नै वडाको रेशमज्यूला अटोभिलेज नजिक जनश्रमदानबाट निर्मित कृष्ण मन्दिरको समुदघाटन गरिएको थियो । कार्यक्रमको सचालन संचारकर्मी बिरेन्द्र डि.सी.ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस