सल्यानमा यात्रुबाहक बस दुर्घटना,७ जना घाइते

१७ भदौ २०८०/ सल्यान

सल्यानमा यात्रुबाहक गाडी दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।

जिल्लाको बागचौर नगरपालिका वडानं.७ कोटवारा चौफारी नजिक भएको गाडी दुर्घटनामा परि ७ जना यात्रु घाइते भएका हुन् ।

बागचौर नगरपालिका वडा नं.१२ बाफुखोला दोभान बजार देखि दाङ तुलसीपुरका लागि छुटेको रा १ ख २५४१ नम्बरको बस आइतबार बिहान करिब साढे १० बजे दुर्घटना हुँदा,बागचौर नगरपालिका वडा नं.६ चिसापानीकी २५ बर्षिया रन्जना शाह,वडा नं.६ चौलाबोटका ६० बर्षिया गम बहादुर वली लगाएतका यात्रु घाइते भएका छन् ।यस्तै चौलाबोटकी २९ बर्षिया गीता बुढाथोकी,सोही वडा मालझुङ्गकी २७ बर्षिया लिला खत्री,कोटबाराकी ६५ बर्षिया तिलसरी बिक,बागचौर नगरपालिका वडानं.११ रातामाटाका ६३ बर्षिया बिक्रम वली लगाएतका यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइतेहरुको जनप्रीय पोलिकिल्निक बागचौर र सहज पोलि किल्निक बागचौरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताउनु भएको छ ।उहाँका अनुसार गाडीमा करिव २६/ २७ जना यात्रु रहेको र घटनाको कारण पत्ता लगाउन आफुहरु अनुसन्धानको क्रममा रहेको बताउनु भयो ।प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस