पिंक रोग नियन्त्रणको लागी कृषि मन्त्री शर्मा किसानको बगैंचामा

१६ भदौ २०८०/ सल्यान

कृषि मन्त्री भिम प्रकाश शर्माले पिंक रोग (गुलाबी रंग ) को निराकरण गर्ने बताउँनु भएको छ ।

सल्यानको सुन्तला पकट क्षेत्र बागचौर नगरपालिका वडा नं ८ र ९ मा पुगेका मन्त्री शर्माले किसानका समस्यालाई समाधान गर्नु आफ्नो पहिलो दायित्व भएको बताउँनु भएको छ ।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शर्माले सुन्तलाको विशेष पहिचान बोकेको कोटमौला लगाएतका क्षेत्रमा देखिएको सुन्तलाको बोट सुक्ने समस्याले आफुलाई चिन्तित गराएको बताउँनु भयो ।

शनिबार कृषि विज्ञ टोली सहित सुन्तला किसानका बगैंचामा पुगेका मन्त्री शर्माले सुन्तलामा लागेको रोगलाई लाई पत्ता लगाई उपचार गरिरहेको बताउनु भयो ।

यस्तै उक्त रोगको बिषयमा कृषि बिकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेशम कुमार बस्नेतले बढी ओसिलो ठाउँमा लगाइएका सुन्तलामा उक्त रोग लागेको बताउनु भएको छ ।उहाँले सुन्तलाका बोटका हाँगामा उक्त रोगको ढुसीले आक्रमण गर्ने र बिस्तारै सुन्तलाका बोटनै सुक्ने गरेको बताउनु भयो ।

यस्तै सुन्तला बगैंचा सुदृढीकरण अभियान मुलक रोग व्यवस्थापन कार्यक्रमबाट बागचौर नगरपालिका वडा नं.८ र ९ का ३ सय ५० बढी किसानलाई उक्त रोगको नियन्त्रण गर्ने Copper  Oxychloride युक्त बिषादी बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस