१० भदौ २०८०/ सल्यान
शिद्वकुमाख गाउँपालिका वडा नं.१ बेलौती डाँडा सिचाइ पोखरीको उद्घाटन गरिएको छ ।
शनिबार एक कार्यक्रमका बिच सिचाइ पोखरीको उद्घाटन गर्दै शिद्वकुमाख गाउँपालिकाका अध्यक्ष भरत गीरीले सिचाइको अभाव व्यहोरी रहेको वडा नं.१ बेलौतीघारीका जनतालाई सहजताका लागि उक्त पोखरी निर्माण गरिएको बताउनु भएको छ ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गीरीले जनतालाई आधारभुत सेवा दिएर भएपनि आफुहरु गाउँपालिका बासीमा सकारात्मक परिवर्तन ल्याउन लागि परेको बताउनु भएको छ ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष रामबहादुर बस्नेतले बर्षौ देखि सिचाइको अभाव रहेको बेलौतीघारी टोललाई उक्त पोखरीले धेरै सुविधा दिने बिश्वास व्यक्त गर्नु भयो । कार्यक्रमका बिशिस्ट अतिथि समेत रहेका बस्नेतले उक्त सिचाइ पोखरीको अधिक्तम प्रयोग गरेर कृषिजन्य बस्तु उत्पादनमा जोड दिन सम्बन्धित टोलका व्यक्तिलाई आग्रह गर्नु भएको थियो ।

सिचाइ पोखरी गाउँपालिकाको ५ लाख रकम र स्थानीयको श्रमदान बाट निर्मित गरिएको शिद्वकुमाख गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष रमेश चलाउनेले बताउनु भएको छ ।उहाँले उक्त सिचाइ पोखरीबाट बेलौतीघारी टोलका ६५ घरधुरीले लाभलिन सक्ने बताउनु भयो ।
बेलौती डाँडा सिचाइ पोखरी निर्माण उपभोक्ता समितीका अध्यक्ष दिपक भण्डारीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा स्थानीयहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन राजेन्द्र चलाउनेले गर्नुभएको हो ।