छत्रेश्वरी गाउँपालिका परिसरमा सरसफाइ सम्पन्न

०९ भदौ २०८०/ सल्यान

सल्यानको छत्रेश्वरी गाउँपालिकाले पालिका परिसरमा सरसफाइ गरेको छ ।

सफा राखौं कार्यस्थल,स्वच्छ रहोस् बासस्थल भन्ने उधेश्यका साथ शुक्रवार छत्रेश्वरी गाउँपालिकाको परिसरमा सरसफाइ गरिएको हो ।सरसफाइ कार्यक्रम बारे छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले,म बनाउँछु मेरो छत्रेश्वरी भन्ने नारालाई आत्मसाथ गरेर अघि बढिरहेको बताउनु भएको छ । उहाँले सरसफाइ स्वास्थ्यको लागि लाभदायी र पहिचानको समेत बिषय भएकाले यसमा आफुहरु सचेत रहेको बताउनु भयो ।अध्यक्ष बुढाथोकीले आफ्नो वासस्थल र कार्यस्थलमा फोहोर फैलिन नदिनका लागि सबैले नियमित सरसफाई गर्नुपर्ने आफ्नो घर र वरपर मात्र नभई चोक, चौतारा, विद्यालय, मन्दिर, धारा, पँधेरा आदि सार्वजनिक स्थानको सरसफाइ प्रति पनि सचेत बन्नुपर्ने बताउनु भएको छ ।

यस्तै कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाकी उपाध्यक्ष बुद्वाकुमारी खत्रीले,छत्रेश्वरी बासीको जनजिविका संग जोडिएर काम गरि राखेको बताउदै,उक्त सरसफाइ अभियानलाई पनि टोलबस्ती सम्म लैजान आफुहरु लागि परेको बताउनु भयो ।उहाँले स्वस्थ जीवनका लागि सरसफाई महत्वपूर्ण रहेको भन्दै वातावरणीय सरसफाइ र स्वच्छताका माध्यमबाट मानव जीवनस्तरमा सुधार हुने बताउनु भयो ।छत्रेश्वरी गाउँपालिका परिसरमा पछिल्लो समय मिचाहा प्रवृत्तिको हानिकारक झार तिब्र रुपमा फैलिएको र त्यसलाई नियन्त्रणमा लिन उक्त सरसफाइ कार्यक्रमले सहयोग पुर्‍याएको गाउँपालिकाले जनाएको छ ।

गत बुधबार समपन्न गाउँपालिका कर्मचारी बैठकमा पनि पालिकाभरी सरसफाई अभियान सञ्चालनका सन्दर्भमा निर्णय गरिएको थियो ।सरसफाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस