३१ साउन २०८०/ सल्यान
सल्यानमा एक बेवारिसे लास फेला परेको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका वडानं.१ काभ्रा नजिकैको बनमा उक्त बेवारिसे लास फेला परेको हो ।
काभ्राको रामबजार देखि करिव ७ किलोमीटर पुर्व दक्षिणमा रहेको स्थानीय महाभारत सामुदायिक बनमा एक पुरुषको लास देखेपछि स्थानीयले काभ्रा प्रहरीलाइ जानकारी गराए संगै घटना स्थलमा अहिले प्रहरी पुगेको बताइएको छ ।
मृतकको नाम, थर, वतन र घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । शबलाई प्रहरी मुचुल्का पश्चात पोष्टमार्टमका लागि अस्पताल लिइने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताउनु भएको छ ।