बुहारीको हत्या आरोप लागेका जेठाजु मृत अवस्थामा भेटिय

२५ साउन २०८०/ सल्यान 

बुहारी हत्याका फरार आरोपित भनेका बिरबहादुर गीरी मृत अवस्थामा भेटिएका छन् ।

गत आइतबार शारदा नगरपालिका वडा नं.१४ मालनेटा ढाँरखानीकी ४७ बर्षिया प्रमिला गीरीको हत्याका आरोपी भनिएका वीर बहादुर गीरी मृत अवस्थामा भेटिएका हुन।

जिल्लाको शारदा नगरपालिका वडा नं.१४ माल्नेटा ढांरखानी निवासी ५५ बर्षिया बिरबहादुर गीरी बिहीवार विहान मृत अवस्थामा भेटियका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

केही दिन अघि ढांरखानीकी ४७ वर्षीया भाइ बुहारी नाता पर्ने प्रमिला गिरिको घाँटी रेटि हत्या गरेरको आरोप लागेका वीरबहादुर गिरी,घटना घटेको दिन देखि फरार रहेको र विहिवार विहान आफ्नै घर नजिकै तुसारेस्थित एक घरमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

विहान ६ बजे मृत अवस्थामा भेटिएका गीरीको सव लाई अहिले पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान पठाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब निरीक्षक सन्तोष खनालले बताउनु भएको छ ।कार्यालयका सुचना अधिकारी समेत रहेका खनालले घटनाको अनुसन्धान भैरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस