२३ साउन सल्यान
सल्यानको शारदा नगरपालिका वडा नम्बर १४ मा गत आइतबार घटेको घटनाका हत्यारा अझै फेला परेका छैनन ।
गत साउन २१ गते विहान शारदा नगरपालिका १४ मा घाटी रेटिएको अवस्थामा प्रमिला गिरीको शव फेला पर्यो । उनको हत्या भएको आशंका चौथर्फी भयो । सल्यान प्रहरीले यो घटनामा संलग्न अपराधीलाई पत्ता लगाउन घटना घटेकै दिन देखि अनुशन्धान अगाडी बढायो । अनुशन्धानका क्रममा मृतक प्रमिलाको जेठाजु नाता पर्ने बीर बहादुर गिरी घटना घटेकै दिन देखि सम्पर्क विहिन छन । हत्या आरोपित बिरबहादुरलाई पक्रन प्रहरीले खोजि निरन्तर अगाडी बढाएपनि अझै फेला पर्न सकेका छैनन । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक दामोदर खत्रीका अनुसार उनी घटना घटेको भोली पल्ट साउन २२ गते राती घरमा आएको सुचनाका आधारमा प्रहरी आरोपितको घरमा पुग्दा त्यहाँबाट फरार भएको र परिवारलाई सोधपुछका क्रममा खाना खाना आएको, कपडा फेरेको र मोवाइल चार्ज लगाएको भन्ने परिवारले बताए । आरोपित बिरबहादुरले चार्जमा राखेको मोवाइल प्रहरीले बरामद गरिएको उहाँले बताउनु भयो । अपराधि समाउन स्थानीयहरुको सुचना र सहयोगको खाँचो रहेको उहाँले बताउनु भयो । अहिले प्रहरी, वडा नम्बर १४ का जनप्रतिनिधि,स्थानीयवासिन्दा हत्याराको खोजिमा लागि परेका छन । स्थानीयहरु गाउँमा त्रासदीपूर्ण र भयभित वातावरणमा बसिरहेको वडा अध्यक्ष प्रकाश पुनले दियो अनलाइनलाई बताउनु भयो ।हत्या आरोपित बिरबहादुरको तस्विर सामाजिक संजालमा सार्वजनिक भएको छ । उनलाई देख्नेले १०० नम्बरमा खबर गरिदिन प्रहरीले अनुरोध गरेको छ ।