सल्यानमा एक महिला घाँटी रेटिएको अबस्थामा मृत फेला, शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ।

२१ साउन २०८०/ सल्यान

सल्यानमा मृत अवस्थामा भेटीएकी प्रमिला गीरीको सवलाई पोस्टमार्टमको लागी अस्पताल पुर्‍याइएको छ ।

जिल्लको शारदा नगरपालिका वडा नं.१४ मालनेटा ढारखानीकी ४६ बर्षिय गीरीको सवलाई पोस्टमार्टमको लागी जिल्ला अस्पताल सल्यान पुर्‍याएको हो ।

आइतबार विहान बस्तु भाउलाई घास काट्नको लागी घरबाट गएकी गीरीआफ्नै घर देखी करिब ५ सयको दुरीमा रहेको मकै वारीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।विहान ७ बजेको समयमा घास काट्नको लागी गीरी घर बाट हिडेको र १० बजे सम्म पनि घरमा नआउँदा खोजिका लागी हिडेका गिरीका श्रीमान खड्क बहादुर गीरीले श्रीमतीलाई मकैबारीमा हँसियाले घाटिको अगाडिपट्टीको भाग काटिएको अवस्थामा मृत फेलापारेको प्रहरीको भनाई छ ।

इलाका प्रहरी कार्यालय शितलपाटी बाट प्रहरी बरिस्ठ नायब निरीक्षक हरिबहादुर खड्काको टोली र जिल्ला प्रहरी कार्यालय सल्यान बाट प्रहरी निरीक्षक गोपाल प्रशाद श्रेष्ठको टोली घटना स्थलमा पुगी आवस्यक कानुनी प्रक्रिया पुर्‍याई मृतकको सवलाई पोस्टमार्टमको लागी जिल्ला अस्पताल सल्यान पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भएको छ ।उहाँले घटना बारे थप अनुसन्धान कार्य जारी रहेको बताउनु भायो ।

प्रतिक्रिया दिनुहोस