२० साउन २०८०/ सल्यान
सल्यानमा डा.गोविन्द केसी द्वारा स्वास्थ्य सम्बन्धि विशेषज्ञ सेवा दिन सुरु गरिएको छ ।
चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीले
शनिबार देखी जिल्ला अस्पताल सल्यान बाट विशेषज्ञ सेवा सुरु गर्नु भएको हो ।
नेपालका अधिकांश जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर नेपालीको स्वास्थ्य अवस्था बुझेका कारण गाउँघरमा रहेका बिरामीहरूलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उधेश्यले आफु जिल्ला अस्पताल सल्यानमा आएर बिरामीको उपचार गर्न थालेको डाक्टर केसीले बताउँनु भएको छ ।तीन दिन सल्यानमा रहेर हाड जोर्नी तथा नशा रोग सम्बन्धी बिरामीहरूलाई सेवा प्रदान गर्ने उहाँले बताउनु भयो ।
स्वास्थ्य सेवा सुधारको माग गर्दै लामो समयदेखि सरकारलाई दबाब दिँदै आइरहनु भएका डा. केसीले सरकारसँग यसअघि गरिएका सहमति सम्झौता पुरा नभए साउन २९ गतेदेखि सत्याग्रह सुरु गर्ने बताउनु भएको छ ।
उहाँले राजनीतिक आडमा मापदण्ड नपुगेका मेडिकल कलेज खोल्न बन्द गरिनु पर्ने, स्वार्थको पदमा बसेका पदाधिकारीहरू हट्नु पर्ने र चिकित्सा सुधार गर्नु सत्याग्रहको मुख्य कारण रहेको बताउँनु भयो ।
उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागी आफु २० पटक अनशनमा बसिसकेको बताउनु भयो । उहाँ तिन दिन सम्म आफुले जिल्लामा रहेर विशेषज्ञ सेवा दिने बताउनु भएको छ ।