छत्रेश्वरी गाउँपालिकाले वृक्षारोपणमा तीव्रता दिदै

१८ साउन २०८० / सल्यान

सल्यानको छत्रेश्वरी गाउँपालिकाकामा वृक्षारोपण कार्यक्रम लाई तिब्रता दिएको छ ।

आम्दानी दिने जातका बिरुवाहरु रोपेर समुदायको जीविकोपार्जनमा टेवा पुर्‍याउने उधेश्यले संचालन गरिएको उक्त कार्यक्रम बाट हालसम्म १० हजार बढी बिरुवाहरु रोपिएको हो ।

डिभिजन बन कार्यालय सल्यानको आयोजना र छत्रेश्वरी गाउँपालिकाको समन्वयमा भएको उक्त वृक्षारोपण कार्यक्रम बाट
गाउँपालिकाभित्र रहेका सामुदायिक वनको खाली क्षेत्रमा आर्थिक लाभ दिने विरूवा रोपिएको छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताउनु भएको छ ।उहाँले उक्त कार्यक्रमले गाउँपालिका भित्रका जनताको जिवन स्तरमा परिवर्तन ल्याउन समेत सहयोग गर्ने बताउनु भयो ।गाउँपालिका अध्यक्ष बुढाथोकीले हाल सम्म पुवाखोली सामुदायिक वन छत्रेश्वरी ५ लेखपोखरा,वेतेनी सामुदायिक वन छत्रेश्वरी ४ ठुलीखर्क,इन्द्रेणी सामुदायिक वन छत्रेश्वरी ६ लगाएतका बनमा वृक्षारोपण गरिएको र लगतै तिनछहरे सामुदायिक बन छत्रेश्वरीमा २ मा पनि बृक्षारोपन गर्ने बताउनु भएको छ ।

देवर सल्ला,टिमुर,तेजपात र ओखर लगाएतका बिरुवा रोपिएको डिभिजन बन कार्यालय लान्तीका प्राविधिक वन रक्षक देव बहादुर केसीले बताउनु भएको छ ।उहाँले उक्त बिरुवाहरु गंगा रोजिन एण्ड टरपेनटाइनले उपलब्ध गराएको बताउनु भयो ।गाउँपालिका भित्र वृक्षारोपण हुने कार्यमा स्थानीय उपभोक्ताहरुको समेत बाक्लो रुपमा सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस