१७ साउन २०८०/ सल्यान
सल्यानमा पत्रकार हु भन्दै आफ्नो परिचय दिदै आएका प्रेम प्रकाश वलीले एक ब्यक्तिलाई ५५ हजार रुपैया ठगेको कुरा सामाजिक संजाल बाट बाहिरिएको छ ।
जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ६ चौलाबोटका २७ बर्षिया प्रेम प्रकाश वलीले बागचौर नगरपालिका सल्यानका अधिकृत पुर्ण बहादुर वलीको नक्कली फेसबुक आईडी खोलेर आफ्नै फुपुका छोरा, सोहि नगरपालिका वडा नं.७ दहका २२ बर्षिया टेकम खड्कालाई ठगि गरेका हुन ।
बागचौर नगरपालिकामा स्काभेटर चालक पदमा जागिर लगाइदिन्छु भन्दै, आफुलाई वलीले ठगी गरेको पीडित टेकम खड्काले बताउनु भयको छ ।खड्काका अनुसार ठगि गर्ने प्रेमप्रकाश वलीले बागचौर नगरपालिकाका अधिकृत पुर्ण वली सँग आफ्नो जागिर पक्का भएको कुराकानी गरेका म्यासेज देखाएपछि जागिरकै आशामा आफुले ५५ हजार रुपैया बुझाएको बताउनु भएको छ ।
वलीलाई आफुले पैसा बुझाएको र आफ्नो जागीरको बिषयमा नगरपालिकाका अधिकृत पुर्ण वली सँग बुझ्न जाँदा आफु आफ्नै मामाको छोरा बाट ठगिएको थाहाँ भएको पिडित खड्काको भनाई रहेको छ ।
उक्त व्यक्तिले पत्रकार हु भन्दै बिभिन्न व्यक्तिलाई धम्क्याउने, बल्याकमेल गर्ने लगाएतका कार्य गर्दै आएको गुनासो चलिरहेकै समयमा, आफ्नो नक्कली फेसबुक आईडी पुर्ण बहादुर वली खोलेर प्रेम प्रकाश वलीलले दुरुपयोग गरि रकम असुली गरेको, बागचौर नगरपालिकाका अधिकृत पुर्ण बहादुर वलीले बताउनु भएको छ । अधिकृत वलीले प्रेम प्रकाश वलीले अर्को वली सरकार नामक फेसबुक आइडि बाट पुर्ण बहादुर वली सँग जागिरको कुरा पक्का भएको छ भनि काल्पिनिक कुरा गरेर आफ्नै फपुको छोरा बाट रकम असुली गरेको खुलासा भएको बताउनु भयको हो ।
पीडित खड्काले साउन ११ गते आफ्नो कार्यकक्षमा आएर
जागिरको बिषयमा बुझ्न् आएको हु भनि सम्पुर्ण बिषय आफु संग बताए संगै,आफ्नो नामको फेसबुक आईडी बाट गलत कार्य गरेको पाईएपछि खडकालाई इलाका प्रहरी कार्यलय थारमारेमा लिएर परामर्श गरेको समेत अधिकृत वलीले बताउनु भएको छ ।
उहाँले ठगी गर्ने व्यक्तिलाई कानुनी कारवाही प्रकियाको लागि अगाडी बढेको र प्रहरीलाई जानकारी गराएको बताउनु भयो । ठगी गर्ने व्यक्ति अहिले सम्म सम्पर्कमा न आएको अधिकृत वलीले बताउनु भयो ।
यस्तै उक्त घटना बारे पत्रकार महासंघ सल्यानले मंगलवार एक बिज्ञप्ती जारी गरेको छ ।
पछिल्लो समयमा सरोकारवालाहरु बाट विनापत्रकारीताका पत्रकारको कारण समस्या आइरहेको भन्ने गुनासो सुनिन थालेको र जिल्लामा केहि व्यक्तिले पत्रकारीतालाई देखाउने दाँत बनाएर सौदावाजी गरिरहेको र सामाजिक संजालको समेत चरमदुरुपयोग गरि गलत कार्य गरेको पाइएकाले नेपाल पत्रकार महासंघ सल्यानले बिज्ञप्ती जारी गरेको बताएको छ ।
नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी र सचीव टिकाराम भण्डारी द्वारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा केहि दिन यता जिल्लामा कुनै ब्यक्तले पत्रकार हु भन्दै,आर्थिक लाभका लागी बिभिन्न कार्यालय तथा व्यक्तिसंग गलत व्यबहार प्रदर्सन गरेको सामाजिक संन्जालको चरम दुरुपयोग गरेको भन्ने बिषय उठान भएको तथा सामाजिक संजालमा आएको र उक्त कार्यमा नेपाल पत्रकार महासंघ सल्यानमा आवद्ध कुनै पनि पत्रकारले त्यस किसिमको गलत हर्कत नगरेको र पत्रकारको नाममा गलत कर्म गरेको भनेर सामाजिक संजालमा उल्लेख गरिएको ब्यक्ति पत्रकार महासंघको सदस्य नभएको भनाइ उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा केहि त्यस किसिमका व्यक्तिका कारण इमानदार काम गर्दै आएका पत्रकार,संचारकर्मी माथी तथा सिंगो पत्रकारिता क्षेत्रमाथि नै गलत आक्षेप लाग्न सक्ने बिषय तर्फ पत्रकार महासंघ गम्भीर रहेको बताइनुका साथै त्यस्तो गलत कार्य गर्ने,गराउन प्रेरणा दिने सवैलाई कानुनी दायरामा ल्याएर हदैसम्मको कार्वाहीको लागी सम्बन्धित निकाय संग माग गरिएको छ ।