१७ साउन सल्यान
सल्यानको शारदा नगरपालिका वडा नं. ११ मा रहेको प्रसिद्ध धार्मीक स्थल खैरावाङ मन्दिरको पुर्ननिर्माण कार्य भइरहेको छ ।
१४८० देखि मन्दिरमा पूजाआजा सुरु गरेको किम्वदन्ती रहेका पाइन्छ, वि.सं. २०४० सालमा खैरावाङ मन्दिर पुर्ननिर्माण गर्दा प्यागोडा शैलिमा निर्माण गरिएको भएता पनि त्यो भन्दा अघिकोे ढाँचामा शिखर शैलिमा पुर्ननिर्माण हुन लागेको मन्दिरका पुजारी दिनबन्धु पौडेलले दियो अनलाइनलाई बताउनु भयो ।
मन्दिरमा लम्जुङबाट ल्याइएका ड्रेसेस स्टोन, चुना, सुर्की, बालुवाको मिश्रणबाट भित्ता निर्माणको काम भइरहेको रामगोपाल काष्ठकला निर्माण कम्पनी भक्तपुरबाट आउनु भएका निर्माणकर्ता होमनाथ गुराइले बताउनु भयो । उहाँका अनुसार अहिले पुर्ननिर्माणमा २२ जना कालिगढ खटिएका छन । मन्दिरमा भक्तपुरबाट ल्याइएका कलात्मक शैलिका ४ वटा झ्याल, ४ वटा ढोका र १२ थाम रहने छन ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय पुरातत्व विभाग अन्तर्गत खैरावाङ भगवति मन्दिर संरक्षण गर्ने उद्देश्यले हाल पुर्न निर्माणको काम भइरहेको हो ।
मन्दिर पुर्न:निर्माणको काम भइरहदा पनि नियमित पुजाआराधना भइरहेको र भक्तजनहरुलाई दर्शनका लागि छुट्टै प्रबन्ध मिलाइएको मन्दिर व्यवस्थापन समितिले बताएको छ ।