१६ साउन २०८०/ सल्यान
सल्यानका किसानले उत्पादन गरेको टमाटरले हाल सम्मकै बढि मुल्य पाएको छ ।
मंगलबार जिल्लाको कपुरकोट उपज बजारमा संचालन भएको हाट बजार बाट प्रति केजि १ सय ४० रुपैयाले टमाटर बिक्रि गरिएको छ ।टमाटर भारतीय बजारमा निर्यात भएसंगै किसानहरुले हालसम्मकै बढि मुल्य पाएको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ ।
कपुरकोट हाटबजारबाट मंगलबारमात्रै ६० लाख ४८ हजार ९सय ४८ रुपैयाँ बराबरको ताजा तरकारी र फलफुल विक्रि भएको छ । कृषि उपज बजार केन्द्रका अनुसार ६८ हजार २सय ८९ किलो कृषिजन्य वस्तु विक्रिबाट एकैदिन यती धेरै रकम किसानको हातमा परेको हो ।
यसमध्ये ४३ लाख बढी रकम टमाटर बिक्रिबाट मात्रै आम्दानी भएको छ । ३१ हजार ३सय किलो टमाटर बिक्रिबाट ४३ लाख ३ हजार ७सय ५० रुपैयाँ, ४ हजार ५सय ६५ किलो काउली विक्रिबाट १ लाख ९४ हजार १२ रुपैयाँ, ३ हजार ८सय ९५ किलो भेडे खुर्सानी विक्रिबाट ३ लाख १ हजार ८सय ६५ रुपैयाँ र ११ हजार ७ सयकिलो बन्दा विक्रिबाट २ लाख ४ हजार ७५० रुपैयाँ जिल्ला भित्रिएको बजार केन्द्रले जनाएको छ ।