रुकुम पश्चिममा पहिरोमा परि दुईजनाको मृत्यु,एकजना घाइते

१४ साउन २०८०/ सल्यान

रुकुम पश्चिममा पहिरोमा परेर दुइजनाको ज्यान गएको छ ।

जिल्लाको बाँफीकोट गाउँपालिका–७ बास्थलास्थित पहिरोमा परी दुई जनाको मृत्यु भएको हो ।

आइतबार अपरहण ४ बजे तिर गएको पहिरोमा परि स्थानीय ४५ वर्षीया धनमाया खत्री र ४४ वर्षीय रकाली बहादुर खड्काको मृत्यु भएको छ ।

गाउँ नजिकै पोखरी भिरमा,घाँस काट्न जाने क्रममा पहिरोमा परी दुवै जनाको मृत्यु भएको,जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
उक्त पहिरोमा परि ४२ वर्षीया बल कुमारी खत्री भने घाइते भएको प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार घाइते खत्रीलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस