१३ साउन २०८०/ सल्यान
सल्यानमा ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको शारदा नगरपालिका वडा नं.९ ढिकमुनी निवासी ११ बर्षिया अर्जुन बुढाथोकीको ढुंगाले लागेर मृत्युु भएको हो ।
शारदा नगरपालिका वडा नं.९ मा रहेको सुनधारा सामुदायिक वनको पातेखोला भन्ने स्थानमा,शनिबार दिउँसो २ बजे तिर बाख्रा चराउन गएको बेला माथिबाट खसेको ढुंगाले लागेर बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
माथिबाट ढुंगा खसेर बालकको टाउकोमा चोट लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको र मृतक बालकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको प्रहरीले बताएको छ ।