१० साउन २०८०/सल्यान
सल्यानको एक वडाले वडाका नागरिकहरुको बिधुत महसुल बुझाइदिने भएको छ ।
जिल्लाको बागचौर नगरपालिका वडा नं.१० ले वडा वासी नागरिकको बिधुत महसुल आफै बुझाइदिने भएको हो ।
बुधबार एक सुचना प्रकाशित गर्दै वडा कार्यालयले वडा भित्रका नागरिकहरुलाई, आर्थिक बर्ष २०८०/०८१ को बिधुत महसुल वडा कार्यालय मार्फत बुझाइने जानकारी दिएको छ ।
वडा अध्यक्ष ज्ञान प्रशाद शर्मा द्वारा हस्ताक्षर गरिएको सुचनामा,वडा कार्यालयले बिधुत महसुल बुझाइदिने भएकाले नागरिकले आफ्नो मिटरको ग्राहक नम्बर सहित,बुझाएको बिल १ प्रति श्रावण २५ गते भित्र वडा कार्यालयमा पेश गराउन आग्रह गरिएको छ ।
साथै उक्त सुचनामा मिटर जडान नगरेका नागरिक लाई मिटर जडान गरि ग्राहक नम्बर उपलब्ध गराउन र पोल तार न पुगेका स्थानको सहि रिपोर्ट वडा कार्यालयमा उपलब्ध गराउन समेत आग्रह गरिएको छ ।
अध्यक्ष शर्माले आधारभुत सेवा सुविधालाई नागरिक माझ पुर्याउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।वडा कार्यालयनै बिधुत महशुल बुझाइदिने भएपछि वडावासीमा खुसी छायको उहाँले बताउँनु भयो ।