योगमाया घर्तीको तिज विशेष गीत छड्के तिलहरी सार्वजनिक

०८ साउन २०८० / सल्यान

सल्यानी चेली योगमाया घर्तीको छड्के तिलहरी नामक तिज गित सार्वजनिक भएको छ ।

सोमबार कमल विसी ( मालदाई ) युउटुव च्यानल बाट उक्त गीत सार्वजनिक भएको हो ।नेपाली महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तिजको अवसरमा पुरानो भाकालाई जगेर्ना गर्ने उद्देश्यले आफुले उक्त गीत सार्वजनिक गरेको गायिका योगमाया घर्तीले बताउनु भएको छ ।उहाँले उक्त गीतमा ग्रामीण क्षेत्रमा चलनचल्तीमा आउने प्राय शब्दहरु लाई समेटेर तिज गीत तयार गरिएको बताउनु भएको छ ।
योगमाया घर्ती,कमल विसी ( मालदाई) प्रमिला पुनको स्वरमा सजिएको उक्त गितको भिडियोमा मोडल अञ्जली अधिकारी लगाएतको अभिनय देख्न सकिन्छ ।

सल्यान शारदा नगरपालिका वडा नं.१३ स्यानिखालमा मा जन्मिएकी घर्ती राजनीतिक क्षेत्र लगाएत अन्य सामाजिक कार्यमा समेत सक्रिय हुँदै आउनु भएको छ ।हाल काठमाडौ निवासी घर्तीले उक्त गित सल्यानलाई बिशेश रुपले सम्झेर निर्माण गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस