७ साउन २०८० / सल्यान
सल्यानमा करेन्ट लाग्दा एक गोरुको मृत्यु भएको छ ।
जिल्लाको कुमाख गाउँपालिका वडा नं.३ रागेचौर खोलीबजारमा करेन्ट लागेर एक गोरुको मृत्यु भएको हो ।
खोलिबजारमा ट्रान्सफर्मर राखिएको पोल छेउमा घाँस चर्दै गरेको गोरु लाई एक्कासी करेन्ट लागेर मृत्यु भएको,स्थानीय दल बहादुर बुढाथोकीले बताउँनु भएको छ ।स्थानीय सरकार बनेको २ बर्षमा विद्युत बलेको रागेचौरमा अधिकांश विद्युतका पोल अव्यवस्थित रहेका छन ।
गाउँपालिकाको केन्द्रसम्म चाँडो बत्ती बाल्नलाई हतारमा गरिएको विद्युत विस्तारका कारण खोला छेउका खेतमा गाडिएका पोलहरु कमजोर हुदै गए संगै जोखिम बढेको हो ।