दलित भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ साउन २०८०/ सल्यान

सल्यानमा प्रथम दलित भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

शनिबार सल्यानको श्रीनगरमा भएको बृहत दलित भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै,दलितका लागि दलित आन्दोलन नेपालका संयोजक खकेन्द्र सुनारले,राज्यले दलितलाई संबिधानमा समेटिएका अधिकार बाट बन्चित गराएको भन्दै,आफ्ना अधिकार ल्याउनको लागी सम्पुर्ण दलितहरु एक भएर लाग्नु पर्ने बताउँनु भएको छ । राज्यले दलितका मुद्दामा चासो नदिएको,जातीय विभेदको अन्त्य गर्न नसकेको भन्दै,दलितका माग सम्बोधन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताउनु भएको छ ।

उहाँले आफुहरुले बिभिन्न ८४ बुदा समेटिएको माग सहित आन्दोलनको सुरुवात गरेको र सुरुका चरणमा शान्तिपुर्ण आन्दोलन गरिरहदा पनि माग पुरा गर्नुको साटो आफुहरु माथि सरकार र प्रहरी प्रशासन बाट दमन भएकाले अव प्रत्येक जिल्लामा आन्दोलनका कार्यक्रम गर्ने घोषणा गर्ने बताउनु भएको छ ।

संयोजक सुनारले आगामी असोज ३ गते सुर्खेतमा प्रदेशभरका ५० हजार दलितले मार्च पास सहितको आन्दोलन गर्ने र सो आन्दोलन जिल्ला जिल्ला हुदै काँठमान्डौँ केन्द्रित हुने भएकाले त्यसको लागी तयारी हुन सहभागीहरुलाई आग्रह गर्नु भएको थियो । राज्यले आफुहरुले राखेका ८४ बुदे मागको वेवास्ता गरे र दलित लाई अन्याय गरे न्यायको लागी आफुहरु संग रहेका ६० लाख दलित सेना बिद्रोहमा उतार्ने चेतावनी दिनु भएको छ ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पनि दलितका हक अधिकारको लागी निश्वार्थ रुपले सवै आन्दोलनमा लाग्नु पर्ने बताउनु भएको छ ।उहाँहरुले यो आन्दोलन राजनीति आस्था भन्दा माथि रहेर सफल पार्नु पर्नेमा जोड दिनु भएको थियो ।जिल्लाका सयौ दलितहरुको सहभागीतामा भएको उक्त भेलाले खेमराज सुनार संयोजक रहेको जिल्ला स्तरीय नयाँ कार्यसमिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस