३१ असार २०८० / सल्यान
सल्यानको बगचौर नगरपालिकाले आफ्नै निशान छाप बनाएको छ ।
स्थानीय पहिचान सहितको निशान छापलाई नगरपालिकाले एक कार्यक्रमका बिच सार्वजनिक गरेको हो ।
शनिबार भएको ११ औ नगरसभा बाट निशान छापलाई सार्वजनिक गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले,बागचौर नगरपालिकाको पहिचान झल्किने किसिमले आफुहरुले निशान छाप तयार पारेको बताउनु भयो ।नगरप्रमुख गौतमले नेपाल सरकारको निशान छाप संगै अव देखि नगरले तयार पारेको निशान छापलाई निरन्तर कार्यान्वयन गर्ने बताउनु भयो ।स्थानिय निशान छापमा नगरभित्रका पर्यटन प्रवर्द्धनका कुरालाई बढि मात्रामा समावेश गरेको बताउनु भयो ।
निशान छापमा बागचौर नगरपालिकाको पहिचान झल्कने लालीगुराँस, लेकहरु, आलु खेती, सुन्तला खेती, बस्तीका घरहरु, स्थानीय बजारहरु, स्थानीय पशुपालन, मठमन्दिर, नगरभित्र उत्पादन हुने धान, मकै गहुँ, पानी घट्टा, नगरपालिकाकाे मुहान भएर बग्ने शारदा नदी, हिमाल, किसान, नगरपालिकाले निर्माण गरेको भ्यू टावर, झुलुङ्गे पुल, मादल, दमाह, सहनाई जस्ता बाजा, चन्द्र सूर्य अङ्कित नेपालको झण्डा, नगरपालिकाकाे नक्सा, दलित र मगर समुदायको प्रतिनिधित्व हुने भेषभुषा सहितको तस्बिर समावेश गरिएको छ ।