डिल्लीराज डिसी बचाउ अभियान बन्द,साढे ९ लाख बढि रकम संकलन

३० असार २०८०/ सल्यान

सल्यान बागचौरका डिल्ली राज डिसीको उपचारका लागी साढे ९ लाख बढी रकम जम्मा भएको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा नं.३ थाराचौर निवासी क्यान्सर रोग पीडित २६ बर्षिया डिल्लीराज डिसीको उपचारका लागी सहयोगार्थ साढे ९ लाख बढि रकम जम्मा भएको हो ।

केहि महिना पहिले देखि क्यान्सर रोगबाट ग्रसित डिल्ली लाई उपचार गर्नको लागी, अभियान संचालन गरिएको र उक्त अभियान बाट सहयोग स्वरुप करिब साढे ९ लाख बढि रकम जम्मा भएको डिल्लीराज डीसी,बचाउ अभियानका अभियान्ता खिमराज डिसीले बताउनु भएको छ ।उहाँले बिरामीको घरको आर्थिक अवस्था कम्जोर भएको,बुबा आमा बृद्धअबश्थाका र भाई पुर्णरुपले शारीरिक रुपमा अपांग भएपछि आफुहरुले उक्त अभियान संचालन गरेको डिसीले बताउनु भएको छ ।उहाँले बिरामीको नाममा रहेका २ वटा खातामा साढे ९ लाख बढि रकम जम्मा भए संगै बिरामीको उपचारको सुरुवात गरिएको र यो चरणमा सहयोग अभियान लाई बन्द गरिएको बताउनु भयो ।

डिल्लीराज डिसीको नाममा नेपाल बैंक लिमिटेड बागचौरमा संचालन गरिएको चल्ती खातामा,२ लाख १४ हजार ७ सय ३२ रुपैया ८१ पैसा र ग्लोबल आइएमइ बैंक थारमारे शाखामा ७ लाख ७९ हजार ६ सय ४८ रुपैया गरेर ९ लाख ९४ हजार ३ सय ८० रुपैया ८१ पैसा जम्मा भएको  डिसीको भनाई छ् ।

उक्त अभियान लाई खिमराज डिसी,तारादेव डीसी,खुमराज डि सि, हिमाल भण्डारी,शिबराज के.सि,प्रेम डि सी,शोभाराम डि सि,
खिमबहादुर डाँगी,ठाकुर  डि सि लगाएतले नेतित्व गर्नु भएको थियो ।क्यान्सर पीडित डिसीको उपचारका लागी करिब ८ सय जनाले आर्थिक सहयोग गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस