२७ असार २०८०/ सल्यान
सल्यानको एक पोलिकिल्निकले निशुल्क रुपमा कागतीका विरुवाहरु बितरण गरेको छ ।
जिल्लाको बागचौर नगरपालिका वडा नं.२ बागचौर बजारमा रहेको जनप्रिय पोलिक्लिनिकले शारदा नगरपालिका वडा नं.२ का किसानलाई बितरण गर्नको लागी निशुल्क रुपमा ८ हजार बढि कागतीका बिरुवा वडा कार्यालयलाई उपलब्ध गराएको हो ।
शारदा नगरपालिका वडा नं.२ का वडा अध्यक्ष सविन हमाललाई कागतीका बिरुवा हस्तान्तरण गर्दै जनप्रीय पोलिकिल्निक बागचौरका संचालक प्रभाकर वलीले,केहि बर्ष पहिले निधन हुनुभएका आफ्ना स्वर्गीय दाई भिम वलीको सम्झनामा किसानलाई उन्नत जातका कागतिका विरुवा उपलब्ध गराएको बताउनु भयो ।
वलीले किसानहरुले कागती उत्पादन गरेर आर्थिक आयस्रोत जुटाउन सहजहोस र दाईको सम्झना दृर्घकालिन रुपमा रहिरहोस भन्ने उधेश्यले आफ्नो परिवारले उक्त कार्य गरेको बताउनु भयो ।
स्वर्गीय दाईलाई सम्झदै उहाँले सामाजिक कार्यमा अग्रसरता देखाउने र परिवारमा अभिभावकको भुमिकामा रहनुभएका परिवारका एक सदस्यको अल्प उम्मेरमा भएको अकल्पनीय निधनले आफ्नो परिवारलाई अतुलनीय क्षति पुगेको बताउनु भयो ।उहाँले दाई प्रति श्रद्वासुमन व्यक्त गर्दै स्वर्गीय दाईको सम्झनामा आगामी दिनमा पनि,विभिन्न सामाजिक कार्य गर्दै जाने बताउनु भएको छ ।
स्वास्थ्य सेवा लगाएत अन्य सामाजिक कार्यमा सक्रिय,बागचौर नगरपालिका वडा नं.९ कुयपानी निवासी भिम वलीको २०७८ जेठ २१ गते २६ बर्षको उमेरमा कोरोना भाइरसका कारण निधन भएको थियो । कोभिड – १९ को महामारीमा विरामीको निरन्तर उपचारमा खटेका वलीको अन्ततः कोरोनाकै कारण निधन भएको थियो ।