२७असार २०८०/ सल्यान
प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड )की पत्नी सीता दाहालको निधन भएको छ ।
६९ बर्षिया दाहालको बुधबार विहान ८:३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि बिरामी भएको र त्यसैमा हृदयाघात भएपछि उपचारकै क्रममा उहाँको निधन भएको प्रधानमन्त्री प्रचण्डका निजि चिकित्सक प्रा.डा.युवराज शर्माले जानकारी दिनु भएको छ ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई आज बिहान ८ बजे अस्पताल पुर्याइएको र, आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिए पनि, सुधार नभएपछि उहाँलाई ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी दियको छ ।
दाहालको प्राथिव शरिरलाई श्रद्धाञ्जलीको लागी माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाडामा विहान ११ बजे देखि दिउँसो १ बजे सम्म राखिने र २ बजे उहाँको अन्तिम दाहासंस्कार पशुपति आर्यघाटमा गरिने प्रचण्डका स्वकीय सचीव रमेश मल्लले जानकारी दिनु भएको छ ।