सल्यानमा १३ सय ५० मिटर सडक एक हप्तामै गरियो कालोपत्रे

२४ असार २०८० / सल्यान

सल्यान खलंगा,जयतपानी हुँदै प्रदेश राजधानी सुर्खेत जोड्ने १३ सय ५० मिटर सडकलाई कालोपत्रे गरिएको छ ।

उक्त सडक लाई एक हप्तामै कालोपत्रे गरिएको निर्माण ब्यवसायीको भनाइ छ ।सल्यानमा पहिलो पटक प्लान पेपर मेसिन बाट उक्त सडक खण्ड कालोपत्रे गरिएको प्राकृतिक निशान जेवि सल्यानका संचालक डिल्ली केसीले बताउनु भएको छ ।

सडक डिभिजन कार्यालय दाङ अन्तर्गतको उक्त सडक खण्डको कालोपत्रे गर्ने जिम्मा आफ्नो कम्पनीले पाएको र सडकलाई छिटो छरितो र स्तरीय बनाउन आफुले प्लान पेपर मेसिन द्वारा काम गरेको संचालक केसीले बताउनु भयो । उहाँले १३ सय ५० मिटर सडकको काम स्तरीय भएतापनि नालाको अभावले दृर्घकालिन बन्नमा समस्या हुने बताउनु भएको छ । उहाँले सडक नाला बाहेकको कालोपत्रेको काम आफ्नो कम्पनीले पाएको र सोहि अनुसारको काम सम्पन्न गरेको बताउनु भयो ।

उक्त सडक लाई महत्त्वपूर्ण मानिनुका साथै दैनिक दर्जनौ साना ठुला सवारी साधनले आवतजावत गर्दै आएका छन् । अव देखि वावियाचौर हुदै ढोरपिपल सम्मको भाग कालोपत्रे गर्न बाकी रहेको स्थानीयले बताएका छन् ।उनिहरुले बाकी सडकको काम लाई तीव्रता दिन संबंधित निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस