कपुरकोटको कृषि क्षेत्रमा अनुगमन

२२ असार २०८० / सल्यान

सल्यानको कपुरकोट गाउँपालिका भित्रका केहि कृषि फर्म र समुहको अनुगमन भएको छ ।

बिहीवार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सल्यानको आयोजनामा भएको अनुगमन कार्यक्रमा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलले पछिल्लो चरणमा किसानहरु परमपरागत कृषि पेशा बाट ,आधुनिकरण तथा यान्त्रिकरण तर्फ गएर उत्पादनलाई वृद्धि गर्न तिर लागेको बताउनु भयो ।
उहाँले गाउँपालिका भित्रका किसानका समस्यालाई समाधान गर्न कपुरकोट गाउँपालिकालाई आग्रह गर्नु भयो । गाउँपालिकाले किसानहरुले गरेको उत्पादनलाई वृद्धि गर्न माटो परिक्षण,खातमलको ब्यवस्था,रोगकिरा नियन्त्रणको लागी औसधिको ब्यवस्थापनमा पहल गर्न आग्रह गर्नु भयो ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सल्यान ( रुकुम पश्चिम ) का कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेले, कपुरकोट गाउँपालिका भित्रका किसानहरुको आर्थिक स्रोत भनेको कृषि पेशा भएको बताउनु भएको छ ।
किसानको जिवनस्तरलाई उकास्न आफुहरुले केहि कृषि समुह र फर्मलाई अनुदान दिएको बताउदै कपुरकोट गाउँपालिका भित्र तरकारी उत्पादन र सिचाइ सम्बन्धि नयाँ प्रविधि संगै रहेर काम गरीरहेको बताउनु भयो ।

अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल,उपप्रमुख असविर बुढाथोकी,कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी,प्रमुख जिल्ला अधिकारी वेद प्रशाद खरेल,बनस्पति कार्यालय सल्यानका कार्यालय प्रमुख मित्र पाठक लगाएत दुइ दर्जन बढीको सहभागीता रहेको थियो ।

मनकामना कृषि फर्म तथा प्रगतिशील कृषक समुह कपुरकोट ४ ,खड्का कृषि फर्म,लालिगुरास कृषक समुह,डि आर कृषि फर्म कपुरकोट १ र बुढाथोकी कृषि फर्म कपुरकोट ३ को अनुगमन गरिएको जोन परियोजना श्रीनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस