सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

२० असार २०८० / सल्यान

सल्यानमा ट्याक्टर दुर्घटना परि एकजनाको ज्यान गएको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा नं.१ ठिनबाङ्ग खोलामा भएको ट्याक्टर दुर्घटनामा परि सोहि नगरपालिका वडा नं.१० पिपलनेटाका अन्दाजी ५० बर्षिया लालबहादुर बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

बुधबार बिहान बागचौर नगरपालिका २ थारमारे बजारबाट वडा न १ ठिन्वाङ जिउला जाँदै गरेको रा १ त ३२६३ नम्बरको ट्याक्टर ठिनवाङ खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर चालक सहित ३ जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते मध्येका वि.कलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकोमा बाटोमा नै मृत्यु भएको जिल्ल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।

दुर्घटनामा परी गम्भीर घाइते बागचौर नगरपालिका १ गैरावेदका ट्याक्टर चालक २४ वर्षीय युवराज रोकायको नेपालगञ्ज र शोही ठाउँका ४५ वर्षीय कालि बहादुर बस्नेत सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको उहाँको भनाई छ । ट्याक्टर सडकबाट एक सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस