१९ असार २०८०
सल्यानको कुमाख गाउँपालिकाले किसानलाई विभिन्न फलफुलका बिरुवा बितरण गरेको छ ।

जिल्लाको कुमाख गाउँपालिकाले पालिकाभित्रका किसानलाई फलफूल खेतिमा व्यवसायी बनाउने उधेश्यले, वडा नं.३ का ४० जना किसानलाई उन्नत जातका सुन्तला,कागती र जुनारका विरुवा बितरण गरेको हो ।
ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय रागेचौर सल्यानले सामाजिक उत्तरदायित्व कोष अन्तर्गत विभिन्न जातका फलफूलका बिरुवा वितरण गरिएको छ । प्रतिव्यक्ति सुन्तलाका १०, कागती १० र जुनार ५ बिरुवाका दरले ४० किसानलाई वितरण गरिएको मनोज मधुरले जानकारी दिनु भयो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत किसानलाई आर्थिक रुपमा सक्षम बनाउन व्यावसायिक खेती पद्धतिलाई जोड फलफूलका बिरुवा वितरण गरिएको शाखा कार्यालय रागेचौर शाखा प्रबन्धक सुनिल विक्रम शाहले जानकारी दिनु भयो । कृषिमा गरिने लगानीले देशको दिगो विकासमा टेवा पुग्ने र वास्तविक अर्थतन्त्रमा समेत लगानी हुने भएकाले किसानलाई कृषि पेसा तर्फ आकर्षित गर्न फलफूलका बिरुवा वितरण गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा समावेशी तथा साना किसान सहकारी संस्थाका अध्यक्ष भुवनेश्वर शर्मा, हिमालयन बैङ्क का शाखा प्रबन्धक नारायण घिमिरे लगायतको उपस्थिति रहेको थियो