१९ असार २०८०/टिकाराम भण्डारी
बागचौर नगरपालिका वडानं.३ को खालीमा पहिलोपक बिधुत बलेको छ ।
सोमबार विधुत उद्घाटन भए संगै त्यहाँका स्थानीयवासी खुसी देखिएका छन् ।
एक कार्यक्रमका बिच बिधुतु उद्घाटन गर्दै बागचौर नगरप्रमुख जनकराज गौतमले नगरभित्रका सम्पुर्ण जनतालाई बिधुतको पहुँचमा पुर्याउने लक्ष्य सहित आफुहरुले काम गरिरहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गौतमले वडा नं.३ का सम्पुर्ण टोलवस्तीमा बिधुत पुर्याएर जनतालाई सुबिधा दिने बताउनु भएको छ । खालीमा बिधुत बले संगै स्थानीयको जनजिविकामा परिवर्तन ल्याउन सकिने समेत उहाँले बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै बागचौर नगरपालिका वडा नं.३ का वडा अध्यक्ष भिमप्रकाश भण्डारीले वडानं.३ का अन्य टोल बस्तीमा संगै खालीमा पनि बिधुत बालिएको बताउनु भएको छ ।कार्यक्रममा सभाध्यक्ष समेत रहनुभएका भण्डारीले आफुले लाइन बिस्तार भएका घरहरुमा वाइरिङ गर्न आग्रह गरेको र लाइन बिस्तार नभएका टोलहरुमा छिटै बिस्तार गर्ने प्रतिबद्धता गर्नु भयो ।
विद्युत उद्घाटन कार्यक्रममा बागचौर नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सह-महामन्त्री एकराज डाँगी, बागचौर नगर प्रवक्ता दिपेेश डि.सी, वडा नं. ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, वडा नं. ३ का वडा सदस्य राम बहादुर डाँगी, सितला बि.क, विभिन्न राजनीतिक दलका नेता लगायत वडावासीहरुकाे उपस्थिति रहेको थियो ।
आफ्नो टोल घर आगनमा बिधुत बेल संगै आफुहरु खुसी भएको स्थानीय बासिन्दा बिर बहादुर भण्डारीले बताउनु भएको छ ।उहाँले सोलार बाट उज्यालो बाल्नु पर्ने,मोबाइल चार्जगर्न बजार झर्नु पर्ने अवस्थाको अन्त्य भएको बताउनु भयो ।