१७ असार २०८० / सल्यान
सल्यानको कुमाख गाउँपालिकाले कृषकहरुलाई सम्मान गरेको छ ।
गाउँपालिकाले उत्कृष्ट व्यवसायीक कृषकहरुलाई सम्मान गरेको हो ।शनिबार भएको कृषक सम्मान कार्यक्रममा,उत्कृष्ट कृषकको रुपमा तरकारी फलफुल तथा अलैची खेती, बाख्रा, माछा पालन गरिरहेका वडा नं. ६ का खिमे बुढाथोकी लगाएत गाउँपालिका भित्रका ४३ जना व्यवसायीक कृषकहरुलाई सम्मान गरिएको हो ।
उत्कृष्ट कृषक बुढाथोकीलाई ५० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीले कुमाख गाउँपालिका सधै स्थानिय जनताको साथमा रहेर काम गरिराखेको बताउनु भयो ।उहाँले कृषक सम्मान कार्यक्रममा बोल्दै बास्तविक कृषकले उत्पादन गरेका कृषिजन्य बस्तुले बजार भाउ नपाउदा र अनुदान रकम पायका किसानले उत्पादन गरेका कृषिजन्य बस्तु नपाउदा आफु दुखि हुने गरेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले ब्यवसायीक कृषी पेशा गर्न सवै तयार रहनु पर्ने र बजेटको ब्यवस्थापन गर्न गाउँपालिका तयार रहेको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लाल बहादुर रावतले यथार्थमा मापदण्ड पुगेका किसानलाई उत्कृष्ट बनाएर पुरस्कार प्रदान गरिएको बताउनु भएको छ ।उहाँले किसानको उत्पादनका साथै विमाको पनि जिम्मा पालिकाले लिनुपर्ने,अनुदानको रकम मुल्यांकन गरेर दिनुपर्ने त्यसपछि मात्र सरकारको लागानी सहि ठाउँमा परिचालन हुने बताउनु भयो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दले जोखिम न्यूनिकरणका लागि व्यवसायिक योजना सहित किसानहरु आउनुपर्ने भन्दै कसरी गर्ने, कहाँ गर्ने, किन गर्ने, कहिले गर्ने भन्ने पहिले नै जानकारी हुनुपर्ने बताउनु भएको छ ।
कुमाख गाउँपालिकाका योजना अधिकृत मान बहादुर बुढाथोकी,
लेखा अधिकृत यदु गहतराज लगायतकाे सहभागिता रहेकाे थियो ।
कृर्षी तर्फ २२ जना र पशुपालनतर्फ १३ जना कृषकलाई प्रोत्साहन कार्यक्रम अन्तरगत नगद र प्रमाणपत्रले सम्मान गरिएको छ भने तीन वा तीन भन्दा बढी माउ भैसी पालक कृषकको रुपमा ७ जना कृषकलाई सम्मान गरिएको छ । गाउँपालिका कृषी प्राविधिक गंगा वलीले स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन पशुसेवा प्राविधिक कल्पना शाहीले गर्नु भएको थियो ।