सल्यानमा २० औ राष्ट्रिय धानदिवस मेसिन बाट धान रोपेर मनाइयो

१५ असार २०८०/टिकाराम भण्डारी

सल्यानमा धान रोप्ने मेसिन भित्रीएको छ ।

२० औ राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार सल्यानको श्रीनगरमा मेसिन बाट पहिलो पटक धान रोपिएको हो ।कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले,मिनी राइस ट्रान्सप्लान्टर मेसिनबाट धान रोप्दै आफुहरु किसानको पक्षमा रहेर काम गर्ने बताउँनु भएको छ ।उहाँले ब्यवसायीक कृषिलाई मुख्य प्राथमिकतामा राखेर सरकार सदैव किसानको साथमा रहने बताउनु भयो ।शर्माले धानदिवसको अवसरमा शुभकामना समेत दिनुभएको थियो ।

जिल्लामा पहिलो पटक मिनि राइस् ट्रान्सप्लान्टर मेसिन भित्राएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई सल्यानका कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेले बताउनु भएको छ ।उहाँले,किसानलाई कृषि प्रणालीमा आकृषित गर्दै लागत कम गर्ने र उत्पादन बढाउने उद्धेश्यकासाथ जिल्लामा मिनी राइस ट्रान्सप्लान्टरबाट धान रोपिएको बताउनु भएको हो ।

जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा बृद्धि’ भन्ने नाराका साथ आयोजना गरेको रोपाइ महोत्सवमा जिल्ला समन्वय समितीका प्रमुख बेलाराम रावल, शारदा नगरपालिका नगर प्रमुख प्रकाश भण्डारी, समन्वय समितीका उपप्रमुख असविर बुढाथोकी, नगर उपप्रमुख सुस्मिता सापकोटा सुनार, प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल लगाएतको सहभागिता रहेको थियो ।

कृषि विकास कार्यालय सल्यान, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सल्यान र शिवजन माध्यमिक बिधालय शितलपाटीको आयोजनामा भएको रोपाइ महोत्सवमा पञ्चेवाजाका साथमा बिभिन्न कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।

यस्तै २० औ राष्ट्रिय धान दिवसको अवसरमा सल्यानको बगचौर नगरपालिका लगाएत अन्य स्थानीय तहमा पनि धान रोपाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस