शिवजन माध्यमिक बिधालयको समिक्षा वैठक सम्पन्न

०७ असार २०८०/सल्यान

शिवजन माध्यमिक बिधालय शितलपाटीको समिक्षा वैठक सम्पन्न भएको छ।

बिधालयमा पढदै कमाउदै कार्यक्रमकाे समिक्षा बैठक सम्पन्न भएकाे हो । बिहिवार भएको बैठकमा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले यस्ता कार्यक्रम हरुलाई स्थानिय सरकाले अनुरण गर्नु का साथै यसलाई दिर्घकालिन रुपमा संचालन गर्ने बताउँनु भएको छ।उहाँले बिद्यालयलाई पर्ने समस्याहरुमा नगरकाे सधै साथ सपाेट रहने कुरा समेत बताउनु भएकाे थियाे ।
कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख लाल बहादुर घर्तिमगरले बिधालय बाट उत्पादन गरिएका बस्तुहरुलाई बिद्यालयमा संचालित दिवा खाजा कार्यक्रम संग जाेडदा अझ उत्तम हुने बताउनु भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढदै कमाउँदै कार्यक्रम संचालन कार्यबिधि २०७८ मा ब्यवस्था बमाेजिम समन्वय सहजिकरण समितिका अध्यक्ष तथा शिक्षा बिकाश तथा समन्यय ईकाई सल्यानका प्रमुख लाल बहादुर घर्तिमगरकाे अध्यक्षता, यस बिद्यालयका पुर्ब बिद्यार्थी तथा शारदा नगर पालिकाका नगरप्रमुख प्रकाश भण्डारीकाे प्रमुख आतिथ्यता, शारदा नगरपालिका वडा नं १ का वडाध्यक्ष प्रदिप कुमार पाण्डे, शारदा नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख संगिता बुढाकाे बिशेष आतिथ्यता, सल्यान उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथाेकि,जिल्ला समन्वय समितिका प्रतिनिधि मनाेज कुमार आचार्य ,शिक्षा बिकाश तथा समन्वय ईकाईका प्रा.स. कपिल जाेशि,बिद्यालयका प्र.अ. , सहायक प्र.अ. प्राबिधिक धार तर्फका संयाेजक तथा प्रशिक्षकहरुकाे आतिथ्यता तथा प्राबिधिक धार तर्फ अध्ययनरत बिद्यार्थीहरु र पढदै कामादै कार्यक्रममा सहभागि समुहका बिद्यार्थीहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

जसमा बिद्यालयका प्रधानाध्यापकले बिद्यालयमा संचालित पढदै कमाउँदै कार्यक्रमकाे संक्षिप्त रिपाेट प्रस्तुत गर्नु भएकाे थियाे भने पढदै कमाउँदै कार्यक्रममा सहभागि समुहका भाईबहिनि हरुले आफुहरुले गरेका क्रियाकलाप, आम्दानि , समस्या र चुनाैतिकाे बारेमा अतिथिहरुलाई जानकारि गराएका थिए ।याे कार्यक्रमले बिद्यार्थीहरुलाई आत्म निर्भर बनाउ , नियमित तथा लगनसिल बनाउनुका साथै समुदय संग पनि गहिराे सम्बन्ध रहने गरेकाे उनिहरुकाे भनाई थियाे । साथै उत्पादन गरिएका तरकारिहरुकाे बजारिकरणमा समस्या भएकाे उनिहरुकाे भनाई रहेकाे छ ।

कार्यक्रमको संचालन बिद्यालयका प्रशिक्षक शेर जंग शाहले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस