सल्यानमा बिश्व योगदिवस र्‍याली सहित मनाइयो

६ असार २०८०/सल्यान

आज बिश्व योगदिवस देशभर बिभिन्न कार्यक्रममा साथ मनाइदै छ ।

नबौ अन्तरास्ट्रिय योग दिवसको अवसरमा सल्यानको बागचौर नगरपालिकामा र्‍यालीको सम्पन्न गरिएको छ ।

शान्तिका लागि योग, मानवताका लागि योग भन्ने नारा सहित र्‍यालीले बागचाैर बजार परिक्रमा गरेको थियो ।पतञ्जलि योग समिति बागचाैरकाे आयोजना तथा पतञ्जलि योग समिति सल्यानकाे समन्वयमा भएको र्‍याली पछि बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले शारीरिक तन्दुरुस्त र मानसिक स्वच्छताका लागी योग आजको प्रमुख आवश्यकता भएको बताउनु भयो ।उहाँले योगले मान्छेलाई बिभिन्न रोगहरु लाग्न नदिनुका साथै जिवनलाई सतमार्ग तिर लाग्न प्रेरित गर्ने बताउनु भयो ।

चेतनामूलक विभिन्न नारा लेखिएका ब्यानर, प्लेकार्ड सहित बागचाैर बजार परिक्रमा गरिएको उक्त र्‍यालीमा बागचौर नगरपालिकाकी उप प्रमुख सुम्निमा डिसी ( वली) लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस